नेपालद्वारा मलेसियालाई १११ रनको लक्ष्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालद्वारा मलेसियालाई १११ रनको लक्ष्य


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको छ।

मलेसियासँगको तेस्रो टी–२० आईमा युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योति पाण्डेले २३ रन बनाउँदा सिता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए।

मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक/एक विकेट लिए।

नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको शृङ्खलामा १/१को बराबरी भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस