९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी प्रकरणका १५ अभियुक्तको बयान सकियो, खाँण र रिजालको भोलि

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जना अभियुक्तको बयान सकिएको छ।

काठमाडौँ जिल्ला अदालतमा आज टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँको बयान सकिएको जिल्ला अदालतले जनाएको छ । 

भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान हुने बताइएको छ । 

उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहस भनेको अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने भन्ने बहस हुनेछ।

यस प्रकरणमा सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएको छ।

यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी र लक्ष्मी महर्जनलाई पक्राउ गरिसकेको छ भने ३४ वर्षीय हरिभक्त महर्जन आज मात्रै प्रहरीले पक्राउ परेका छन् ।  

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरणमा फरार भएका महर्जन पुगे आफै अदालत

फरार हुने १२ जनामध्ये काठमाडौँका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईँ, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौँका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया विनीता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरञ्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक छन्।

प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।

उनीहरूमाथि राज्यविरुद्धको कसुर, ठगी एवं सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो।

यो प्रकरणमा विभिन्न व्यक्तिहरूबाट २८ करोड ८१ लाख ठगेको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस