११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासनका लागि राजनीति र कर्मचारीतन्त्रमा शुद्धीकरण आवश्यक छ : मन्त्री मोदी

अ+ अ-

सुनसरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राजनीतिक र कर्मचारीतन्त्रभित्रको शुद्धीकरणबाट मात्रै सुशासन सम्भव रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनद्वारा इटहरीमा आयोजना गरेको कर्मचारीहरूको लागि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भने, ‘कहीँ न कहीँ शुद्धीकरण चाहिन्छ । एउटा राजनीतिक तहमा र अर्को कर्मचारीतन्त्रभित्र पनि शुद्धीकरणको आवश्यकता छ । दुवैतिर जबसम्म शुद्धीकरण हुन सक्दैन, तबसम्म सुशासन सम्भव छैन ।’

मन्त्री मोदीले सबैको कार्यशैलीलाई सुधार गर्दै सुशासनको यात्रामा अगाडि बढ्नुपर्ने बताए । उनले थपे, ‘हाम्रो व्यवहार र शैलीमा शुद्धीकरण नभएसम्म देशका सबै क्षेत्रका जनताले सहज रूपमा सेवा पाउने र सुशासन कायम गर्ने कुरा सम्भव छैन ।’

उनले अहिलेको व्यवस्थालाई सक्षम र बलियो बनाउनका लागि राजनीतिक र प्रशासनिक दुवै क्षेत्र एकाकार भएर अघि बढ्नुपर्ने पनि बताए ।

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध
उनले आफूले सम्हालेको मन्त्रालयमा पहिल्यैदेखि आर्थिक लेनदेनको हल्ला चल्ने गरेको बताउँदै आफू आएपछि त्यसको अन्त्यका लागि निक्र्यौल भएका बिचौलिया र दलाललाई मन्त्रालय प्रवेशमा निषेध गरेको समेत बताए ।

‘हामीले सुशासनको पक्षमा दर्जनौँ दूरगामी निर्णय गरेका छौँ । हाम्रो मन्त्रालयमा पनि पहिले आर्थिक लेनदेनका कुराहरू सुन्थ्यौँ । सरुवामा आर्थिक लेनदेन गरेको एउटा मात्रै प्रमाण भेटिएको खण्डमा किन्तु परन्तु कसैलाई छाड्दैनौँ’ उनले भने, ‘हाम्रो मन्त्रालयमा देखा परेका कोही दलाल र बिचौलिया हो भन्ने थाहा पायौँ भने उसलाई मन्त्रालय प्रवेशमा निषेध गरेका छौँ ।’

प्रशासन क्षेत्रको व्यापक सुधारका लागि अब दण्ड र पुरस्कारको पनि विधि स्थापित गर्न खोजिरहेको समेत सुनाए । मन्त्री मोदीले पछिल्लो समय कर्मचारीमाथि जनताको अविश्वास पैदा भएको बताउँदै भने, ‘पुरानै ढर्रा, पुरानै शैलीबाट कर्मचारी चलिरहँदा त्यसको प्रश्न कर्मचारीमाथि मात्रै होइन, राजनीतिक दलमाथि पनि परिरहेको छ । यो कुरालाई गम्भीरतापूर्वक ध्यानमा राखेर कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने भएको छ ।’

प्रतिक्रिया दिनुहोस