१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाको कार्यालय र अध्यक्षको घरमा ढुंगामुढा, कर्मचारीमाथी हातपात 

अ+ अ-

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा र आगजनी भएको छ। चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्यूटका विद्यार्थीले गाउँपालिकाको कार्यालय र गाउँपालिका अध्यक्षको निजी निवासमै ढुङ्गामुढा गरेका हुन् । 

पालिकाले जिल्लाबाहिर कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम आयोजना गरेको मौकामा विद्यार्थीले तोडफोड गरेको गाउँपालिका अध्यक्ष राज कुमार हतोले बताए । 

उनले प्रशासनसँग भने, हामी तालीमको सिलसिलामा सिन्धुलीमा थियौ, आइतबार बिहान आएर विद्यार्थी पहिले ताला लगाए, त्यसपछि फेरी आएर तोडफोड गरेछन् ।’

अध्यक्ष महत्त्वका अनुसार विद्यार्थीहरूले गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत र विनोद मल्किललाई समेत हातपात गरेका छन् । 

स्थानीय केही व्यक्तिले उचालेको भरमा विद्यार्थीहरूले तालाबन्दीसहित तोडफोड गरेको उनले बताए । 

उनले भने, ‘इन्स्टिच्युटको सञ्चालन तथा व्यवस्थापनमा सुधार ल्याउन गर्ने कार्य गरेका छौ, कार्यदल नै बनाएर समस्या समाधान गर्दै छौ,  कुनै छलफल बिना अध्यक्ष र कर्मचारीहरू २ दिने क्षमता अभिवृद्धि कार्यक्रमका लागि बाहिर रहेको मौका छोपेर कार्यालयमा रहेको कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिक माथि हातपात गरेको छ,  कार्यालय भित्रै बन्द गरी ताल्चा छ, ।’उनले थपे  ,‘केही उदण्ड व्यक्तिहरूले गाउँ कार्यपालिकाको सार्वजनिक सम्पत्ति माथि ढुङ्गामुढा, आगजनी गरी भारी मात्रामा क्षति पुर्‍याएको, भिडियोमा प्रस्ट देखिएको छ की विद्यार्थिहरुलाई नशालु पदार्थ खुवाइएको छ, जनप्रतिनिधि र कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरिएको छ।’ 

२०७६ सालमा स्थापना भएको चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटमा विगत चार वर्षदेखि शिक्षक तथा प्रिन्सिपलको नियुक्ति तथा व्यवस्थापन हुन सकेको थिएन। 

इन्स्टीच्यूटमा प्रयोगात्मक सामग्री सहितको प्रयोगात्मक ल्याब, पुस्तकालय लगायतका आवश्यक पूर्वाधार पनि उपलब्ध थिएनन् । गाउँपालिका अध्यक्ष महतोका अनुसार स्थापनायता आर्थिक वर्ष २०७८/७९ सम्मको लेखा परीक्षण समेत गराइएको थियो।

०७९ वैशाखमा महतो अध्यक्ष नियुक्त भएलगत्तै इन्स्टिच्युट सञ्चालन, व्यवस्थापन तथा सुधारका लागि विद्यार्थी, शिक्षक, सञ्चालक समितिको पदाधिकारी र कर्मचारीहरूको सहभागितामा सहमति भएको थियो।

उनले भने, ‘म अध्यक्षमा निर्वाचित भएपछि हाल सम्ममा पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन तथा व्यवस्थापन गर्न विद्यार्थीले माग गरे अनुसार सुशील कुमार सिंहलाई निमित्त प्रिन्सिपलको रूपमा नियुक्त गरियो,’ महतोले भने, ‘शिक्षक भर्नाको लागि गाउँ कार्यपालिकाको बैठकबाट पारित गरेर खुल्ला विज्ञापन प्रतिस्पर्धामार्फत तीन जना फुल टाइम शिक्षक भर्ना गराइयो। पुस्तकालयको व्यवस्थापन पनि गरियो। विद्यार्थीहरू बस्ने होस्टेलको व्यवस्थापनमा सुधार भयो । लेखा परीक्षक नियुक्त गरी लेखापरिक्षण गर्न/गराउन निर्देशन दिइयो र त्यो कार्यान्वयन चरणमा छ । प्रयोगात्मक सामग्री, किताब खरिदका लागि सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रियामा अघि बढेको र कार्यान्वयनको चरणमा रहेका बेला यस्तो निन्दनीय घटना घटेको हो।’

साथै जनीतिक आडमा चलखेल गर्न नपाएपछि यो घटना भएको उनको दाबी छ । 

उनले भने, ‘यसमा केही स्थानीय नेता हरू छन् उनीहरूलाई चलखेल गर्नु छ जुन मैले दिएको छैन । पूर्व मन्त्रीका मान्छेहरू हुन् कोही मसँगै चुनाव लडेका छन्, अन्य अन्य छन् ।’

अध्यक्ष महतोका अनुसार २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस