२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐनभन्दा बाहिरका कार्य गर्ने सहकारीलाई कारबाही गर्छु : रजिस्ट्रार घिमिरे

अ+ अ-

 काठमाडौँ । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी ऐन तथा नियमबाहेकका कार्य गर्ने सहकारीलाई कारबाही गर्ने बताएका छन् । अहिले सहकारी समस्यामा परेकाले बचतकर्ताको बचत फिर्ता नै पहिलो प्राथमिकता भएको उनले बताए ।

बुधबार नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या चुनौती र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिस्ट्रार घिमिरेले सहकारीले आफ्नो धर्म छाडेर काम गर्दा अहिलेको परिस्थिति उत्पन्न भएको बताए ।

“सहकारीहरूले मूल्य, मान्यता र सिद्धान्तलाई भुलेर अहिले जस्तो पनि काम गरेका छन् । यो सहकारीको मान्यतामा पर्दैन । सहकारीको पहिलो प्राथमिकता बचतकर्ताको बचत फिर्ता हो,” उनले भने, “हामीले जे गरे पनि हुन्छ । हामी स्वनियमन हो भनेर हुँदैन । कारबाहीको दायरामा सहकारी आउनेछन् ।”

त्यस्तै, पछिल्लो समय सहकारीका सञ्चालकहरूले सरकारको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका थिए । यस्ता आन्दोलनमा छु भनेर बचतकर्ताको बचत फिर्ता नगरे सहकारी ऐनको दफा १२२ लागु गरेर पत्र काट्ने पनि चेतावनी दिए । तर, त्यसका लागि सहकारी पीडितले यस्तो भनेको कुरा रेकर्ड गरेर ल्याउनुपर्ने बताए ।

“कुनै सञ्चालकले आन्दोलनमा छु, तेरो पैसा तिर्न सक्दिनँ भन्छ भने रेकर्डसहित आउनुहोस् । म सहकारी ऐनको दफा १२२ लागु गर्छु,” उनले भने ।

सहकारीले घरजग्गामा बढी लगानी लगाउँदा अहिलेको समस्या उत्पन्न भएको पनि उनले बताए । सबै सहकारी यस्तो नभए पनि अधिकांशले बैंंकसँग प्रतिस्पर्धा गर्न खोज्दा पनि समस्या निम्तिएको उनको भनाइ छ ।