२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

अ+ अ-

गण्डकी । पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र महर्षि इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा जोन हेगेलिनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई विश्वविद्यालयबीचको सम्झौतासँगै आधारभूत चेतना, शिक्षा र मानव जीवनमा व्याप्त युगौँ पुराना समस्या समाधान गर्न सक्रिय रूपमा नयाँ प्रविधि खोज्दै र यी प्रविधिलाई नेपालका युवामाझ पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाइ धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्री प्रतिभालाई उजागर गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । समझदारीपछि दुवै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवर्द्धन गर्नेछन् ।

यसका लागि सहकारी अनुसन्धान र शिक्षणमार्फत विद्यालय शिक्षा प्रवर्द्धन गर्न कार्यक्रम/परियोजना विकास गर्ने, शैक्षिक सहयोग प्रवर्द्धन गर्न गतिविधि विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी तथा बृहत् समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन/प्रशिक्षण गर्ने, शिक्षक, विद्यार्थी एवं कर्मचारी आदानप्रदान कार्यक्रम र विश्वविद्यालयबीच संयुक्त प्रशिक्षण कार्यक्रमका लागि अन्वेषण तथा कार्य गरिने छ ।

कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा अर्याल र रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारी, नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा दीपकप्रकाश बाँस्कोटा, महर्षि इन्टरनेशनल युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा किंग्सले ब्रुक्स र डा चिन्तामणि योगीले आफ्ना धारणा राखेका थिए ।