२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँग नजिकिएपछि वामदेवद्वारा समाजवादी मोर्चा अस्वीकार 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)सँग पार्टी एकताका लागि नजिकिएपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चामा रहन अस्वीकार गरेका छन् ।

सत्तारुढ तीन दलले गौतमलाई पनि मोर्चामा ल्याउन पहल गरेका थिए । तर, गौतमले उक्त मोर्चामा रहन अस्वीकार गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मात्रै रहने गरी सोमबार मोर्चा घोषणा हुँदै छ ।

पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले नेताहरूबाट मोर्चामा रहन प्रस्ताव आएको तर समाजवादका विषयमा आफूहरूले राखेको प्रस्तावमा मोर्चामा रहेका दलहरूले चासो नदेखाएको बताए ।

पार्टीको तर्फबाट एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई अवधारणा पत्र दिइएको उनले बताए । जसमा एमालेले भने चासो देखाए उनको भनाइ छ ।

पार्टीले राखेको अवधारणा पत्रमा सहमति नभएपछि मोर्चामा नजाने पाण्डेले बताए ।

पार्टी कम्युनिस्ट पार्टीको एकताका पक्षमा रहेकाले एमालेबाहेकको मोर्चा अस्वीकार्य रहेको पाण्डे बताउँछन् ।

एमालेले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद निलम्बन गरेपछि गौतम अहिले पार्टीमा फर्कने र आफूसँग रहेका नेताहरूको व्यवस्थापनका विषयमा छलफलको तयारीमा छन् ।