२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

​चोरीको मोटरसाइकल सहित एकजना प्रहरीको नियन्त्रणमा 

अ+ अ-

काठमाडौँ । चोरीको मोटरसाइकल सहित काठमाडौँको टोखा नगरपालिका ९ मनमैजुबाट एक जनालाई सोमबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको करैयामाई गाउँपालिका ५ घर भई हाल काठमाडौँको नवजागरणटोल बस्दै आएका ३० वर्षीय रामकिशोर सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाडौँको तार्केश्‍वर नगरपालिका २ बस्ने गजेन्द्र लामा तामाङले गत वैशाख २६ गते ललितपुरको पाटन अस्पताल अगाडीको पार्किङ स्थलबाट बागमती प्रदेश-०२-०४० प १८२६ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए ।  

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२२ प ३३४७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले सहनीलाई मोटरसाइकल सहित फेला पारी मनमैजुबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका सहनीलाई थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर  पठाइएको छ । 

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् । 

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।