२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के भैँसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ? 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेको बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो। उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए। सांसद सिंहले के भैँसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ? भनी सरकारलाई प्रश्न समेत गरे।

उनले भने, ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। किनकि निजगढ एयरपोर्ट यता दुई वटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैन। अर्को निजगढ एयरपोर्टको आवश्यकता केरूँ खाली फास्ट ट्रयाक जोडनका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन। त्यस कारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने ?। तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने ? र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने। के त्यहाँ भैँसी चराउनका लागि एयरपोर्ट बनाउने रु मधेशमा भैँसी धेरै पाउँछ।’

सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराए।