२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक खण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडक खण्ड बन्द छन् ।

 सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका-१ धैरेनी, बगनासकाली-४ सेरा र रम्भा गाउँपालिका-३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा-२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो हटाउन  समस्या भएको छ । सडकमाथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा-१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए । 

 कालिगण्डकी कोरिडोरअन्तर्गतकै रामपुर नगरपालिका-१ स्याउली बजार र सर्दीखोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए । यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ-जब्गादी-रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ । रामपुर जोड्ने सडक निस्दी-५, ढुङ्गानाबेँसी नजिकै पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन् ।