१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले जति अरु कुनै पनि पार्टीले काम गरेको छैन : मन्त्री महत

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताएका छन्।

नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको हो।”

लामो इतिहास बोकेर आएको पार्टी भएकाले कार्यकर्तालाई विचलित नभई सङ्गठित रूपमा अगाडि बढ्न उनले सुझाव दिए।

नेपालमा काँग्रेसले जति अरु कुनै पनि पार्टीले काम नगरेको उनको दाबी थियो। आफूले गरेका कामको प्रचारप्रसार गर्न नजानेकै कारण काँग्रेस पछि परेको भन्दै उनले नयाँ पार्टीले सानो काम गरे पनि सामाजिक सञ्जालबाट ठूलो बनाएर प्रचारप्रसार गर्ने गरेको आरोप समेत लगाए।

कानूनी शासनमा विश्वास गर्ने पार्टी भएकाले नेपाली काँग्रेसप्रति आमजनताको विश्वास र भरोसा सधैँ आएको बताउँदै उनले काँग्रेसलाई बलियो बनाउन कार्यकर्ता एक ढिक्का हुन आग्रह गरे।

उनले मुलुकमा आर्थिक उन्नति तथा समृद्धिका लागि जनता केन्द्रित कार्यक्रम आवश्यक रहेको बताए। जनता केन्द्रित कार्यक्रम नल्याएसम्म देशले विकासमा फड्को मान नसक्ने भन्दै उनले सोहीअनुसारको कार्यक्रम ल्याइएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस