२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा सडक दुर्घटना बढ्दो

अ+ अ-

बेलबारी । कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्ला चार वर्षको अवधिमा ११ हजार ६ सय ६५ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा एक हजार सात सय एकको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार गएको चार वर्ष अवधिमा वार्षिक ८० प्रतिशत सवारी दुर्घटना भएका छन् । त्यसमा २६ दशमलव ६४ प्रतिशत मानिसको मृत्युदर बढेर गएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै कोशी प्रदेशमा तीन हजार आठ सय २० सवारी साधन दुर्घटना हुँदा पाँच सय ३१ जनाको मृत्यु भएको र एक हजार एक सय १४ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

अघिल्लो आव २०७७/७८ मा प्रदेशभित्र तीन हजार एक सय ३१ सवारी साधन दुर्घटनामा परि चार सय ४४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७६/७७ मा प्रदेशभित्र एक हजार तीन सय २२ सवारी साधन दुर्घटना भएका थिए । त्यसमा तीन सय ३२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यी तथ्याङ्कलाई आधार मान्दा वार्षिक रूपमा दुर्घटना बढेको देखिएको छ ।

समग्र दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा १० प्रतिशत, चालकको लापरबाहीले १६ प्रतिशत, चालक अनुमतिपत्र नभएकाले सवारी कुदाउँदा सात प्रतिशत र सडक प्रयोगकर्ताले असावधानीपूर्वक सडकको प्रयोग गर्नाले १२ प्रतिशत सडक दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक महतो बताउछन् ।

कोशी प्रदेशमा मङ्गलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । मादक पदार्थ सेवन गरी सवारी सधान कुदाउन नदिन कडाइपूर्वक लागू गर्ने, सडक लेनको अनुशासन, सिटी रिक्साहरूको व्यवस्थापन, टाइम कार्ड लागू, गति नियन्त्रणका साथै राजमार्गमा कुद्ने सवारी साधन सार्वजनिक बस रोक्न एक सय नौ पकेट कार्यक्रम लगायतका कार्यमा ट्राफिक प्रहरी सक्रियताका साथ लागिपरेको महतोले बताए ।

उक्त प्रदेशभित्र हाल चार सय ७४ ट्राफिक प्रहरी रहेको र भएको जनशक्तिलाई स्रोत साधनको अभावका बीच व्यवस्थापन गर्नुपरेको उनले बताए । पर्याप्त स्रोतसाधन हुने हो भने ट्राफिक व्यवस्थापन सहज हुने उनले बताए ।