२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयात प्रतिस्थापन गर्न विभिन्न यान्त्रिक विकास गरिँदै

अ+ अ-

काठमाडौँ । लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले मुलुकमा बढ्दो आयातलाई न्यूनीकरण गर्न विभिन्न यन्त्र विकास गर्न लागेको छ । कृषि क्षेत्रमा कोदोको दाना र मकैको दाना झार्ने यन्त्र, दाँतमा प्रयोग गरिने सिन्का तथा पूजापाठमा प्रयोग हुने धूप र अगरबत्ती बनाउने, बाँसको चोयाबाट मसिनो सिन्कामार्फत झाडु बनाउने यन्त्र निर्माण गर्न लागिएको हो । यी सबै प्रविधिको निर्माणका लागि राष्ट्रिय आविष्कार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउने  समझदारी गरेको छ । यी सामग्री बनाउन करिब रु. ५० लाख लाग्ने उक्त केन्द्रका प्रमुख दीपक घिमिरेले जानकारी दिए ।  

उक्त यन्त्रबाट किसानले फलाएको धान, मकै, गहूँ, कोदोलगायत दाना भएका फसल  छोडाउन सहज हुनाका साथै  कृषक पनि लाभान्वित हुनेछन् । उद्योग मन्त्रालयअन्तर्गत रहेको केन्द्रले  विभिन्न सीपमूलक तथा उद्यमशील तालिम प्रदान गर्दै आएको बताउँदै उनले दाँत कोट्याउने सिन्कासमेत विदेशबाट आयात गरी करोडौँ रुपैयाँ बाहिरिएको अहिलेको अवस्थामा मुलुकमा यस्ता प्रविधिको विकास गरी त्यसको प्रयोगबाट आयात प्रतिस्थापन गर्ने र  स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।  

यसै वर्षभित्र ती यन्त्रको विकास भएपछि युवालाई तालिम प्रदान गरी वस्तु उत्पादनमा सहयोग गर्नाका साथै उक्त केन्द्रले सञ्चालन गरेका  ब्युटिसियन, मोबाइल मर्मत, हाउस वायरिङ, कम्प्युटर हार्डवेयर, प्लम्बिङ, सिलाइ, मोटर रिबाइन्डिङ र बेकरीसम्बन्धी तालिम पनि यथावत छन् । तालिम लिने जनशक्तिले सिकेका कला, कौशल तथा सीपलाई स्वदेश तथा विदेशका श्रम बजारमा उपयोग गरिएको पाइएको छ । कतिपयले देशमै उद्यमी बनेर रोजगार सिर्जना गरी राम्रो आम्दानी पनि गरेको जनाइएको छ । काठमाडौँ उपत्यकाका साथै विभिन्न जिल्लामा पनि केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी तालिमका लागि  अवसर प्रदान गर्दै आएको छ । 

केन्द्र प्रमुख घिमिरेका अनुसार गत वर्ष एक हजार दुई सय पाँचलाई यस्तो तालिम उपलब्ध गराइएकामा चालु आवमा आठ सय १८ जनालाई तालिम प्रदान गरिएको छ ।

ब्युटिसियन तालिममा प्रशिक्षार्थीहरू उत्साहित भएको पाइएको छ । त्रिपुरेश्वरमा हाल सञ्चालन भइरहेका तालिममा प्रशिक्षार्थीले राम्रो अवसर प्राप्त भएको भन्दै सिकेको ज्ञानबाट आफूहरू उत्साहित भएको, प्रशिक्षक अनिता सुवेदीले बताइन्। 

महिला सशक्तीकरणका लागि यो तालिम अर्थोपार्जनको भरपर्दो माध्यमसमेत बनेको छ । सिटिइभिटीले निर्माण गरेको पाठ्यक्रमका आधारमा सीप सिकाइने भएकाले यसको मान्यता पनि रहेको छ । सरकारी तथा सामुदायिक विद्यालयमा पनि यसको पाठ्यक्रम विकास भएमा दक्ष जनशक्ति उत्पादन भई स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।