२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव कुरुम्बाङ : जसले हरेक दिन नगरपालिकाको गाडीसम्म पुर्‍याउँछन् कार्यालयको फोहोर 

अ+ अ-

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुदूरपश्चिमका प्रमुख रामबहादुर कुरुम्बाङले कार्यालयको फोहोरमैला आफैले नगरपालिकाको ट्याक्टरसम्म पुर्‍याउने गरेका छन् । सुधारवादी प्रशासकको छवि बनाएका नेपाल सरकारका सहसचिव कुरुम्बाङले प्रत्येक दिन आफू र केही अधिकृतहरूले कार्यालय परिसरको फोहोरमैला नगरपालिकाको फोहोरमैला बोक्ने ट्याक्टरसम्म पुर्‍याउने गरेको बताएका हुन् । 

बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमा ट्याक्ट्ररमा फोहोरमैला राख्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले यसबाट कार्यालयको कार्य संस्कारमा ठूलो परिवर्तन ल्याएकोसमेत बताएका छन् । 

‘मलाई विश्वास गर्नुस्,नगरपालिकाको फोहोरमैला बोक्ने ट्रयाक्टरमा हाम्रो कार्यालय परिसरको फोहर पुर्‍याउने काम प्रत्येक दिन म र केही अधिकृत साथीहरू आफै गर्छौ’ उनले लेखेका छन् ‘यसले हाम्रो कार्यालयका कार्य संस्कारमा ठूलो परिवर्तन ल्याएको छ ।’ 

यत्रतत्र सर्वत्र चर्चित हुने होडबाजी चलिरहँदा सहसचिव कुरुम्बाङले पनि चर्चा बटुल्नकै लागि फोटो पोष्ट्याएका हुन् कि भन्ने लाग्नु अश्वभाविक होइन, तर उनी जहाँ जहाँ बसे त्यहाँको सेवा प्रवाहमा ल्याएको सुधार र त्यसले स्थानीय जनमानसमा पारेको प्रभावबाट पनि उनी साँच्चिकै उदाहरणीय कर्मचारी भन्न कर लाग्छ । 

बगैँचासहितको चिटिक्कको सफा कार्यालय परिसरबाटै पनि सहजै अनुमान लगाउन सकिन्छ कि सरसफाईदेखि हरियाली प्रवर्द्धनमा कुरुम्बाङ कति जाँगरिला र फुर्तिला छन् भनेर । 

२०७८ भदौ २९ देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको प्रमुख(सहसचिव) रहेका कुरुम्बाङ २०६७ जेष्ठ १८ देखि २०७८ भदौ २९ सम्म(उपसचिव) आधा दर्जन बढी जिल्लाको प्रमुख जिल्ला अधिकारी भई काम गरे । 

नेतृत्व क्षमताकै कारण उपसचिव हुँदा पनि सहसचिव प्रजिअ रहने जिल्लामा खटाइए । जहाँ तात्कालिक समस्या मात्रै समाधान भएनन् दिर्घकालीनरुपमा प्रभाव छोड्ने कामलेसमेत परिचित छन् कुरुम्बाङ । बाँके, बर्दिया, अछाम, ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, दाङ, रुपन्देही र स्याङ्जामा सिडिओ रही सकेका कुरुम्बाङले २०५६ असार २७ गतेदेखि २०६७ जेष्ठ १८ गतेसम्म शाखा अधिकृत हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत बाँके र झापा जिल्लामा काम गरेका थिए । 

२०४५ मंसिर १२ गते देखि १२ पुष २०४९ सम्म नायव सुब्बाका रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट निजामतीमा प्रवेश गरेका कुरुम्बाङ २०४९ पुष १२ देखि २०५६ असार २७ गतेसम्म करिब ८ वर्ष नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टका रूपमा काम गरेका थिए । 

निजामती सेवाबाट सेनामा गएका उनी पुनः निजामती मै फर्केर पृथक् तवरले सेवा प्रवाह गर्दै आएका छन् । इन्टिग्रयाटी आइडल २०१८ बाट सम्मानित कुरुम्बाङ २००९ मा निजामती सेवा पुरस्कार र २०१३ मा प्रबल जनसेवा श्रीबाट विभूषित छन् । 

टेबुलमा बसेर गर्ने कार्यालयको कामसमेत पन्छाउने प्रवृत्ति बढी रहँदा प्रमुख भएर फोहोरमैलासमेत आफै पुर्‍याउने सहसचिव कुरुम्बाङ पथ मात्रै पछ्याउन सके कर्मचारीलाई हेर्ने आम नागरिकको दृष्टिकोण पक्कै बदलाव आउने छ ।