काठमाडौँ । सवारी नियम उल्लङ्घनका कसुरहरूको जरिवानाबापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ। आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवानाबापतको राजश्वलाई बैङ्किङ प्रणालीमा जोड्ने भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ। यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्ने छ।
प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकीकृत रूपमा कार्यान्वयनमा ल्याउन लागेको हो।
यो सिस्टमका आधारमा कारबाही सुरु हुन्छ, त्यसपछि सवारी नियम उल्लङ्घनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिनेछ।







