११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप भलिबल : विदेशी खेलाडीले भरिएको गण्डकीमाथि पुलिसको कठिन जित 

अ+ अ-

काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजनमा राजधानीमा आजबाट सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।

लिगको उप-प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाबीच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तराष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।

पहिलो दिनको खेलमा नेपाल पुलिसले पुरुष तर्फको खेलमा सङ्घर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लबसँग अङ्क बाड्न बाध्य भएको छ ।

आज पहिलो दिनको खेलमा पुलिसले विदेशी खेलाडीले भरिएको गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेस्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अङ्कको अग्रता लिँदै जितको नजिक पुगेको पुलिसले आफूलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो । अन्तिम तथा निर्णायक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकी सँग अङ्क बाढ्न बाध्य भयो । यस खेल पश्चात् पुलिसले २ अङ्क र गण्डकीले १ अङ्क बटुलेको छ । 

आजै भएको पुरुष तर्फको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ बाघ ढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल भयो ।

नेपाल भलिबल सङ्घको आयोजनमा भएको लिगको अर्को खेलमा एपीएफ क्लबले जित हात पा¥यो । एपीएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो । यसका साथै एपीएफको ३ अङ्क भएको छ ।

आजै भएको महिलाको खेलमा पुलिस क्लबले गण्डकी माथि जित हात पा¥यो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो । यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अङ्क जोड्यो ।

यस प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५÷३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५÷१५ हजार प्राप्त गर्ने छन् ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पी.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाडौँ, गण्डकी प्रदेश भलिबल सङ्घ, शैलुङ्ग बाघ ढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरी ७ क्लबहरू र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको भोलिको पहिलो खेल बिहान ८: ०० बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस