१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

अ+ अ-

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ ।  

यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्‍याउने गरेको बताइएको छ । अहिले चक्रपथका तीन स्थानमा ‘एएनपिआर बेस्ड, राडार बेस्ड सिस्टम’ का क्यामरा जडान भएको उपत्यका काठमाडौँ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

जडान भएका क्यामेराको काम सडकमा भएको सवारी साधनको तीव्र गति तथा दुर्घटना नियन्त्रणका गतिविधिलाई चौबिसै घण्टा निगरानी गर्नु रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । उनले भने, “तीव्र गति तथा दुर्घटना नियन्त्रणका लागि यो प्रणाली जडान गरिएको हो, यसले अब ट्राफिक प्रहरीलाई चौबिसै घण्टा सडकमा उभिनु पर्दैन, यसको सबै डाटा सर्भरमा रेकर्ड हुन्छ ।”

अहिले चक्रपथको कोटेश्वर, थसिखेल र धोबीघाट नयाँ बाटोमा यो प्रणाली जडान गरिएको तथा अन्य ठाउँमा पनि यो उपकरण जडान गर्ने तयारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिमा गाडी हुइँक्याएर दुर्घटना गरेर भाग्ने अर्थात् ‘हिट एन्ड रन’ का घटना धेरै भएका कारण त्यस्ता गाडी पहिचान गर्न सकियोस् भनेर यो प्रणाली जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक विभागले कोटेश्वरदेखि कलङ्की-चक्रपथ खण्ड तथा भक्तपुरको सडकमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन चलाउन पाइने तथा भित्री सडकको गति भने ३० किलोमिटर प्रतिघण्टा तोकेको छ । अहिले चक्रपथका तीन ठाउँमा जडान भएको उक्त प्रणालीले ५० किलोमिटर तथा त्यसभन्दा मुनिको गतिलाई सामान्य मानेको छ । त्यसभन्दा माथिको गतिमा गाडी कुदाएमा त्यसलाई तीव्र गति मानिनेछ र त्यसै अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

यति मात्र नभई अहिले जडान भएको प्रणाली अर्थात् ‘एएनपिआर क्यामरा विथ स्पिड डिटेक्सन क्यामरा’ले तोकिएको भन्दा बढी गतिमा गुड्ने गाडीको फोटो खिचेर नियन्त्रण कक्षमा पठाउने तथा त्यसलाई हेरेर ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस