काठमाडौँ । जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा प्रोफेसर पक्राउ परेका छन् ।
नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पटनाका रोहित श्रीवास्तव पक्राउ परेका हुन् ।
यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो । महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ ।