२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीतिगत दर घटाउनु नै मौद्रिक नीति लचिलो भएको संकेत : कार्यकारी निर्देशक श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो रिभ्युमार्फत मौद्रिक नीतिलाई लचिलो बनाउन थालेको र चालू आर्थिक वर्षमा पनि त्यो क्रमलाई निरन्तरता दिएको बताएका छन् ।

उनले त्यसबेला बैंक दरलाई एक प्रतिशतले घटाएर नीतिगत सहजता सुरु गरेको बताए ।

यसका साथै फ्लोरको दरलाई पनि एक प्रतिशतले घटाएर मौद्रिक नीतिलाई लचिलो बनाइएको उनको भनाइ छ ।

‘दरहरू घटाउनु नै मौद्रिक नीति लचिलो हुँदै छ भन्ने सन्देश हो,’ त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

निजी क्षेत्र तर्फको कर्जाको लक्ष्य कम गरिए पनि त्यो बजारमा हुने माग र आपूर्तिमा निर्भर गर्ने उनले बताए । त्यसो हुँदा राष्ट्र बैंकको नीतिगत अडान नीतिगत दरमा देखिने उनको भनाइ छ ।

यद्यपि, ब्याजदर धेरै कम नहोस् भन्नेमा राष्ट्र बैंक सचेत रहेको उनले बताए ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले अमेरिकी तथा बेलायती केन्द्रीय बैंकहरुले अझै पनि मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ब्याजदर बढाइरहेको बताए ।