काठमाडौँ । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि विकसित घटनाक्रमबीच सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरबीच छलफल भएको छ ।
सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने प्रधानमन्त्रीसम्मलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेपछि कुँवर र पोखरेलबीच भेट भएको हो ।
स्रोतका अनुसार पोखरेलले आवश्यक परे तत्कालीन प्रधानमन्त्रीहरूलाई पनि अनुसन्धानमा ल्याउन आईजीपी कुँवरलाई निर्देशन दिएका छन् ।







