२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम तेम्बाथान गाउँ सडक सञ्जालमा जोडियो

अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बा थान गाउँ सडक सञ्जालसँग जोडिएको छ । सदरमुकाम चौताराबाट ६० किलोमिटर दूरीमा रहेको तेम्बाथान गाउँ यसअघि सडक सञ्जालसँग जोडिएको थिएन । 

सडक नभएकाले विकट हिमाली भेग तेम्बाथान, दिपु, तेगावासीले सुत्केरी र बिरामीलाई उपचारका लागि ऋण काढेरै भए पनि महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गरेर राजधानीका अस्पताल पुर्‍याउँदै आइरहेका थिए । जुगल-३ मा निर्माणाधीन ३६ मेगावाट लक्ष्य बोकेको ब्रह्मायाणी जलविद्युत् आयोजनाले रु सात करोड खर्चेर आठ किलोमिटर मान्जेखोला-नेशमदोभान-तेम्बाथानदिपु सडक निमार्ण गरेको वडाध्यक्ष लक्ष्मण दोङले जानकारी दिए । 

उक्त गाउँभन्दा तीन सय मिटर दूरीमा आयोजनाको विद्युत् गृह, सुरुङलगायतका संरचना बन्दैछ । गाउँमै एम्बुलेन्स र सवारीसाधन आइपुग्ने भएपछि तेम्बाथानवासी खुसी भएका छन् । 

यसअघि जलविरे, कात्तिके-तेम्बाथान १६ किलोमिटर यर्मालिङ र नेशमखोला छेउसम्म सडक पुगेको थियो । त्यसउता लक्याप, निमाडोमा, नेशम खोला जस्ता डरलाग्दा भीरको चट्टानी अवरोधका कारण ‘ब्लास्टिङ’ गर्दे अघि बढ्नुपर्ने भएकाले यर्मालिङ र नेशम खोलापारी सडक छिचोल्न सकिएको थिएन । 

स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी सबैको समन्वयमा भीरको तल्लो भाग ‘ब्लास्ट’ गर्दै फुटालेर तेम्बाथानसम्म सडक पुर्‍याउन डेढ वर्ष लागेको ब्रह्मायाणी जलविद्युत् आयोजनाका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए ।

तेम्बाथान, दिपु, तेगा गाउँपुग्ने यो नै पहिलो र नयाँ सडक ट्र्याक हो । उक्त ट्र्याकलाई मर्मत सम्भार, कटिङ, ग्राभेलिङ, तीनवटा पुल बनाई स्तरोन्नति गर्दै अघि बढेको उनले बताए। 

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो सडक निमार्ण भएपछि स्थानीयवासीले दुई दिनभर ज्यान हत्केलामा राखेर भीर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हटेको बताए ।