२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँ : ऊर्जामन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरूपण हुने बताए ।

सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ ।

ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै उनले भने, ‘आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गरेमात्रै विदेशी लगानी पनि भित्र्याउन सकिन्छ । हामीलाई थप लगानी चाहिएको छ । त्यसका लागि कानुनी तथा नीतिगत प्रबन्ध गर्न लागिएको छ ।’

उनले आन्तरिकरुपमा पनि नदी कोरिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका छ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने बताए ।

ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको स्पष्ट पारे ।

उत्पादन, वितरण र प्रसारणलाई एकीकृतरुपमा अगाडि बढाउने उद्देश्यका साथ सरकारले एकीकृत कार्ययोजना बनाएर काम थालिसकेको जानकारी दिँदै उनले आफूहरुको जोड आन्तरिकरुपमा बिजुलीको खपत बढाउने नै भएको बताए ।

आन्तरिकरुपमा खपत गरेर बढी भएको बिजुली मात्रै निकासी गर्ने सोचका साथ सरकारले काम गरिरहेको मन्त्री बस्नेतको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा भएको सहमतिअनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी विषयले समेत छिट्टै सार्थकता पाउने उनको भनाइ छ ।

यस्तै, बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि छिट्टै सम्झौतामा हस्ताक्षर हुने उनको भनाइ छ । बङ्गलादेशले तत्काल नै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । उनले निजी क्षेत्रलाई पूर्णरुपमा साथमा लिएर नै सरकार अगाडि बढ्न लागेको र सरकार, निजी साझेदारीलाई थप परिस्कृत कार्ययोजनाका साथ अगाडि बढ्ने बताए । निजी क्षेत्रको प्रवेशपछि ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको विषयमा आफू जानकार भएकाले थप लगानीका लागि आग्रह गरे ।

उनले केही आयोजनामा आवश्यक पर्दा मात्र नेपाल विद्युत् प्राधिकरणले बिजुली लिएको भन्ने निजी क्षेत्रको गुनासो सम्बोधन गर्न सम्बद्ध निकायसँग छलफल गर्ने स्पष्ट पारे। मन्त्री बस्नेतले विराटनगर, विरगञ्जलगायतका औद्योगिक क्षेत्रमा देखिएको बिजुलीको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताए । दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले निजी क्षेत्रलाई लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गरे ।

यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगेको तथा पटकपटक बत्ती काटिदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गरे । अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको जानकारी दिए ।

सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत बुझाएका थिए ।