१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेले भने-‘नियमित कानुन बनाउन संसद् अवरोध बाधक भयो’ 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नियमित कानुन बनाउनका लागि संसद् अवरोध बाधक भएको बताएका छन् । साथै उनले सांसदहरूलाई अवरोध खोल्नका लागि आग्रह समेत गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले केही सातादेखि नै संसद् अवरोध भइरहँदा नियमित काम कारबाही अगाडि बढाउन नसकेको भन्दै कैयौँ विधेयकहरूमा छलफल हुन नसकेको बताए ।

‘केही सातादेखि संसद नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकहरू छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौँ । माननीयज्यूहरूले संसद् अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु,’ सभामुख घिमिरेले बताए ।

अघिल्लो कार्यकालमा पनि संसद् विघटन लगायतका कारण संसद्ले नियमित काम गर्न नसकेको भन्दै सभामुख घिमिरेले चिन्ता व्यक्त गरेका छन् । घिमिरेले भनेका छन्,‘अघिल्लो संसद्‍मा पनि संसद् विघटन, पुनर्स्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा पर्याप्त छलफल हुन सकेन । मानवअधिकार आयोगको घटुवा जस्ता गम्भीर विषयमा जसरी संसदमा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अरु पनि थुप्रै विधेयकहरू छन्, नीतिहरू बनाउनुपर्ने अवस्था छ । यो परिस्थितिको अन्त्य हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस