२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

अ+ अ-

काठमाडौँ । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५:५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ । पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरिन् । ‘पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ’, उनले भनिन्,’यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला ।’

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन् ।

यस्तै विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए ।

वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् । ‘पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौँ’, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भने, ‘तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौँ ।’

टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ । पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताए । ‘नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्’, उनले भने,’यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन् ।’