१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौँ : मन्त्री यादव

अ+ अ-

बारा । मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले मधेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् ।

मधेश प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए । मधेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उनले क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढेको बताए ।

“मधेशलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध छ”, मन्त्री यादवले भने-“खेलाडी देशको गहना भएकाले उनीहरूको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।”

नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेश प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्त्व बढेको प्रष्ट पारे । “काठमाडौँ बाहेक अन्य ठाउँमा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छैनन्”, उनले भने । वीरगञ्ज, पोखरा, भैरहवा, विराटनगर, चितवन, हेटौँडा, जनकपुरलगायत ठाउँमा सरकारले अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्नुपर्नेमा अध्यक्ष चन्दले जोड दिए ।

मधेश प्रदेश क्रिकेट सङ्घका अध्यक्ष हिरा भगतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेस प्रदेशसभा सदस्य सतिष सिंह, नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, कलैया उपमहानगरपालिका नगरप्रमुख विनोद साह, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य प्रशान्तविक्रम सिंह, मधेश प्रदेश सचिव आयुष श्रेष्ठ, क्रिकेट सङ्घ बाराका अध्यक्ष प्रभातकुमार चौरसियालगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस