काठमाडौँ । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले कोरोना बिमा गरेका बिमितलाई तत्काल रकम उपलब्ध गराउन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बर्तौलाले सरकारले बिमितलाई भुक्तानी दिन बेवास्ता गरिरहेको बताए।
‘सरकार कुम्भकर्णजस्तो भयो। केही पनि सुन्दैन । विगत ४ वर्षदेखि १ लाख ५० हजार नागरिकले कोरोना बिमा बापतको ११ अर्ब रकम प्राप्त गर्न सकेका छैनन्।’ बर्तौलाले भने,‘सरकारलाई रकम उपलब्ध गराउनका लागि सम्माननीय सभामुखज्यूबाट तत्काल रुलिङ गर्न म आग्रह गर्न चाहन्छु।’







