८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी पहिरो जान्छः झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को काठमाडौँ जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र विद्रोह हुने बताए।

उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताए। उनले एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुने उल्लेख गरे।

उनले जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने बताए। उनले एमाले आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य हुने पनि बताए। उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने बताए।

उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जोसँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊसँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताए। उनले एमाले भयानक अलमलमा रहेको टिप्पणी गरे।

सम्मानित नेता खनालले एमसिसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेता नेपाल आइरहेको भन्दै यसप्रति आशङ्का व्यक्त गरे। उनीहरू नेपाल आएर सबभन्दा पहिले तिब्बती शरणार्थीलाई भेटिरहेका उनले बताए। उनले अमेरिकीको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चीनसँग जोडेर पनि हेर्नुपर्ने बताए।

उनले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरू नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपाली सचेत हुनुपर्ने बताए। सम्मानित नेता खनालले आफूहरू आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै लड्ने बताए।

प्रतिक्रिया दिनुहोस