९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् २०औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारी

अ+ अ-

काठमाडौँ । सरकारले २०औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । 

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।

प्राप्त जानकारी अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीहरूमा धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लम्साल, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार के.सी., कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभलक्ष्मी लामा रहेका छन् ।

यसैगरी निजामती सेवा पुरस्कार पाउनेमा कान्ति बाल अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक डा. रोशनी लक्ष्मी तुइतुई, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट अफ इन्जिनियर कुमार प्रसाद घिमिरे, श्रम तथा रोजगार कार्यालयका वरिष्ठ कारखाना निरीक्षक सुजन जोजिजु, ठूली भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्साल, शिक्षा, विकास तथा समन्वय ईकाई, बर्दियाका इकाई प्रमुख रेविका अमात्य, खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुधार आयोजना, सिन्धुपाल्चोकका वरिष्ठ बागवानी किवास अधिकृत राजेश कुमार के.सी., वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराई, वनस्पती विभागकी वरिष्ठ योजना अधिकृत सङ्गीता स्वाँर, राहदानी विभागका उपसचिव डा. डमरुबल्लभ पौडेल, लोक सेवा आयोगका उपसचिव नारायण प्रसाद ज्ञवाली र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव चुडाराज सापकोटा रहेका छन् ।

निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा सडक विभागकी सिनियर डिभिजनल इन्जिनियर शोभा गिरी, उच्च अदालत दिपायलका इजलास अधिकृत नरबहादुर नेगी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत मिना पौडेल, जिल्ला सरकारी वकिल कार्यालय ललितपुरकी जिल्ला न्यायाधिवक्ता सुशीला ज्ञवाली, सहरी खानेपानी तथा सरसफाई आयोजनाका इन्जिनियर किशोर पन्थी, राष्ट्रिय कितावखानाका शाखा अधिकृत नवराज तामाङ व्लोन, अर्थ मन्त्रालयका शाखा अधिकृत युक्त प्रसाद सुवेदी, राष्ट्रिय अभिलेखालयका अनुसन्धान अधिकृत मनिता न्यौपाने, भेटेरीनरी गुणस्तर तथा औषििध नियमन प्रयोगशालाका पशु चिकित्सक शशिधर सेढाई, जिल्ला निर्वाचन कार्यालयका काठमाडौँका जिल्ला निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराई र सिरहा जिल्ला अदालतका नायव सुब्बा मनोज कुमार महतो रहेका छन् ।

निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा जिल्ला हुलाक कार्यालय सुनसरीका नायव सुब्बा राजु कटुवाल क्षेत्री, नापी कार्यालय डोल्पाका सर्भेक्षक हुर्मत वि.क., उपराष्ट्रपतिको कार्यालयकी नायव सुब्बा देवकला अर्याल, गृह मन्त्रालयका नायव सुब्बा उमेश भट्टराई, कोष तथा लेखा नियन्त्रक कार्यालय, सर्लाहीका सह लेखापाल राम प्रकाश साह, जिल्ला प्रशासन कार्यालय, बागलुङका खरिदार दीपकराज पन्त, राष्ट्रिय योजना आयोगका कार्यालय सहयोगी शान्ता महर्जन र भेरी अस्पतालका कार्यालय सहयोगी जवाहर लाल अहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस