२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेक्का सम्झौता भएको दुई वर्षपछि सडक निर्माण सुरु

अ+ अ-

म्याग्दी । ठेक्का सम्झौता भएको दुई वर्षपछि मुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न विसं २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले ठेक्का सम्झौता भएको दुई वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको सडक विस्तारको काम थालेको जानकारी दिए । १३ किलोमिटर दूरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न रौताह–आत्रेय जेभीले रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

‘अठार महिनाको ठेक्का अवधिको म्याद थियो’, उनले भने, ‘धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि ठेकेदारले दुई सय जना मजदुरका साथै उपकरण परिचालन गरेर प्रारम्भिक चरणको काम सुरु गरेका छन् ।’

लागत अनुमानभन्दा आधा बढी रकम घटेर ठेक्का पारेको निर्माण कम्पनीले काम गर्न आनाकानी गरेपछि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । यसअघि थप भएको छ महिनाको म्याद पनि आगामी असोज ३ गते सकिँदैछ । यो आयोजनाको हालसम्मको प्रगति एक चौथाइभन्दा कम छ ।

यसअघि नै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्यावीयन पर्खाल गर्ने, माटो कटिङ, फिलिङ, नाली निर्माण, चौडा र कालोपत्र गर्न ठेक्का लगाइएको थियो । मुख्य जिम्मेवारी लिएको आत्रेयले अलपत्र बनाएको योजना साझेदारमध्येको रौताह निर्माण कम्पनीले काम अघि बढाएको हो । यो सडक कालोपत्र भएमा मुस्ताङका बासिन्दाका साथै कागबेनी, मुक्तिनाथ तीर्थयात्रामा आउने भक्तजन र पर्यटकलाई सहज हुने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले बताए ।

जोमसोमदेखि चीनको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर दूरीको सडकमध्ये छ वटा प्याकेजको ७५ किमी दूरीको सडक विस्तार र ग्राभेल गर्ने काम सकिएको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । यो खण्ड स्तरोन्नति सकिएपछि जोमसोमदेखि कोरला नाका जोड्ने सबै खण्डको सडक गाभ्रेल हुने योजना प्रमुख प्रजापतिले बताए ।