२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

अ+ अ-

झापा । झापाको मेचीनगर नगरपालिका-६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् ।

परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताइन् । उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको बताइन् । 

प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । दाहालका चार वर्षीय एक छोरा र १८ वर्षीया छोरी छन् । 

उनकी पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेता पनि पत्ता लाग्न नसकेकामा चिन्ता व्यक्त गरिन् । “प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिनुभएको छैन”, उनले भने, “कहिल्यै घरझगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाब थिएन । उनको खोजीमा सघाइन सबैमा हार्दिक अनुरोध गर्दछु ।”

जङ्गलको चौतारीमा महिला अलपत्र

पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक महिला दुई महिनादेखि अलपत्र रहेकी छन् । जङ्गलमा रहेको पक्की चौतारामा उनको रातोदिन बास छ ।

“मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी ती महिला नेपाली बोल्न सक्छिन् । भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि उहाँ जङ्गलको चौतारोमा लुगा कपडाको पोकोसहित बस्दै आउनुभएको हो”, सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले भने, “धरान र धनकुटामा नातेदार भएको बताउने उहाँले नातेदारको अहिलेको ठेगाना र नाम बताउन सक्नुहुन्न ।”

अभियन्ता मोहराले उद्धार गरेर इटहरीको मामाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको बताए । उनी बस्दै आएको चौतारो जङ्गली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ । दिउँसो राजमार्गमा सवारीसाधन र बटुवा हिँड्ने गरेता पनि सो स्थानमा राति सुनसान हुने गरेको छ ।