२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गन्तव्य बन्दै मायाटार

अ+ अ-

मुग्लिन । चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् ।

भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् ।

पछिल्लोे समय फिस्लिङ-शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा पनि पर्यटक बढ्न थालेको छ । वडा नं २ मायाटार गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् । 

शक्तिखोरबाट उपरदाङगढी हुँदै फिस्लिङ जोड्ने सडकको मध्यभागमा पर्ने मायाटार गाउँमा गुरुङ र चेपाङ जातिको बाक्लो बसोबास छ । यो गाउँ चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपरदाङगढीबाट आठ किलोमिटरको दूरीमा पर्दछ ।

गर्मी मौसममा आन्तरिक पर्यटक बढी पुग्ने गरेका घरबास (होमस्टे) सञ्चालकसमेत रहनुभएका स्थानीय टीका गुरुङले बताए । “जिल्लाको तराई भेग र इच्छकामनाको तल्लो भेगमा गर्मी हुँदा मायाटारमा भने सिरक ओढेर सुत्नुपर्ने अवस्था हुन्छ”, उनले भने, “गर्मी छल्न अन्य मौसममा भन्दा बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् ।” यहाँ दैनिक आन्तरिक पर्यटक आएर बास बस्ने गरेको उनको भनाइ थियो । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आवागमन बढेसँगै यहाँका गाउँलाई होमस्टेका रूपमा विकास गर्ने योजना रहेको बताए । विशेष गरेर मायाटारसहित नजिक रहेका गुरुङ बस्ती, घुर्केस र डाँडागाउँमा होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

“यहाँ आउने पर्यटकलाई गुरुङ र चेपाङ समुदायको सांस्कृतिक झाँकीबाट मनोरञ्जन प्रदान गर्नका लागि होमस्टे सञ्चालन गर्ने योजना बनाएका छौँ । मायाटार नजिकै घुर्केस, डाँडागाउँलगायत रमणीय गुरुङ बस्ती छन्”, अध्यक्ष गुरुङले भने, “गुरुङ र चेपाङ समुदायको कला संस्कृतिबाट यहाँ आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न सकिन्छ ।” 

होमस्टे सञ्चालनका लागि स्थानीयलाई तालिमका साथै आर्थिक सहयोग गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए। होमस्टे सञ्चालनमार्फत स्थानीयको आयस्तरमा वृद्धि हुने उनको भनाइ थियो ।

बालगौरी पाथीभरा सिंहदेवीमाईको मन्दिर 

मायाटारमा रहेको बालगौरी पाथीभरा सिंहदेवीमाईको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पनि बढ्दै गएको छ । इच्छाकामना गाउँपालिकाको वडा नं २ मा पर्ने यो मन्दिरमा सन्तान नहुनेले सन्तान प्राप्तिका लागि भाकल गरेर पूजा गर्ने चलन रहेको स्थानीय टीका गुरुङले बताए । उनका अनुसार यस मन्दिरमा स्थानीय मात्र नभई छिमेकी जिल्ला गोरखा, धादिङ, तनहुँसहित काठमाडौँ र भक्तपुरबाट समेत पूजा गर्न आउने गरेका छन् ।

यहाँ गाउँपालिकाले बाटो निर्माणसँगै अन्य भौतिक संरचना बनाउन आर्थिक सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार करिब दुई सय मिटरको दूरीमा फलामको रेलिङसहितको सिँढी बाटो निर्माण भएको छ । मन्दिर आसपासको क्षेत्रलाई गेटसहित तारजाली लगाएर थप व्यवस्थित र संरक्षण गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

हाल उक्त मन्दिरमा तीन जना पुजारीबाट नियमित पूजाआजा हुँदै आएको छ । मनकामना केबलकार जलविरे झरना, इच्छाकामना मन्दिर, उपरदाङगढीजस्तै इच्छाकामना गाउँपालिकाका लागि यो मन्दिर पनि एउटा धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने अध्यक्ष गुरुङको भनाइ थियो ।