२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय सरकारले पूर्ण अधिकार नदिएकाले सङ्घीयताको आलोचना भयो : मुख्यमन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताएका छन्।

दाङको भालुवाङमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार अधिकारसम्पन्न नहुनुमा संघीय सरकार बाधक रहेको बताए।

‘प्रदेश र स्थानीय सरकारले पूर्ण अधिकार पाएका छैनन्,’ उनले भने, ‘सङ्घीयता पूर्ण रूपमा कार्यान्वयनका लागि तत्काल प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न गराउन जरुरी छ।’

सङ्घले अधिकार नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको र त्यसको असर सङ्घीयताको कार्यान्वयनमा पुगेको उनको भनाइ छ।

‘यहाँ सङ्घ बाहेकका अन्य सरकार छन् र यी सरकार अधिकारमा सम्पन्न सरकार नहुँदा सङ्घीयतासमेत पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन,’ उनले भने, ‘अहिले सङ्घीयताबारे आलोचना बढिरहेको अवस्था छ र त्यो संघीय सरकारले निम्त्याएको परिणाम हो।’

प्रदेश सरकारले पाएको अधिकारसमेत सङ्घले दिन नखोज्दा सङ्घीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुन सक्ने उनको चिन्ता छ।

‘अहिले भइरहेको सङ्घीयताको विरोध सङ्घ सरकारकै कारण भइरहेको हो,’ उनले भने, ‘सङ्घीयता विफल भए त्यो पनि सङ्घकै कारण हुने छ।’

सङ्घले पूर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै सङ्घीयता कार्यान्वयन हुने र प्रदेश सरकारको औचित्य पुष्टि हुने उनको तर्क छ।