९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमूना बनाइने

अ+ अ-

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ ।

पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने योजना अघि बढाइएको हो । नमूना विद्यालय बनाउनका लागि पाँचवटै विद्यालयले पञ्चवर्षीय प्रस्ताव उपमहानगरमा पेस गरेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

प्रस्ताव आएका सामुदायिक विद्यालयको उपमहानगरले अनुगमन गरिसकेको जनाइएको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका-९ स्थित भवानी मावि, वडा नं ११ स्थित ठेकराज मावि, वडा नं १२ स्थित सिद्धनाथ मावि, वडा नं १६ स्थित बेहडाबाबा मावि र वडा नं १८ को चन्द्रोदय माविलाई नमूना विद्यालयका रूपमा अघि बढाइने उनले जानकारी दिए ।

नमूना विद्यालय विकासको प्रस्ताव उपमहानगरमा पेस भएकाले ती अध्ययन भइरहेको छ । विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ । धनगढी उपमहानगरपालिकाले नमूना विद्यालयले पठनपाठनको भाषा अङ्ग्रेजी बनाउने, शैक्षिक गुणस्तर कायमका लागि निःशुल्क शिक्षा शिक्षकहरूको क्षमता विकास गर्न शिक्षक तालिमको व्यवस्था गर्ने र अपुग शिक्षक उपमहानगरले नै भर्ना गर्ने योजना रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

पठनपाठन गुणस्तरीय बनाउने जिम्मा मात्रै विद्यालय र शिक्षकले लिनुपर्नेछ भने प्राविधिक तथा आर्थिक सहयोग उपमहानगरपालिकाले ब्यहोर्नेछ । नमूना विद्यालयका लागि छनौटमा परेका विद्यालयमा शैक्षिकसत्र २०८१ देखि नमूना विद्यालय कार्यक्रम लागू हुनेछ । गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय सुधारको योजना ग्रामीण क्षेत्रबाट सुरु गरिएको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस