२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको रक्षा र सार्थक कार्यान्वयनको पक्षमा काम गर्नुपर्छ : उपाध्यक्ष पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले स्व सुवासको नेतृत्वदायी भूमिकाकै कारण जारी हुन सफल भएको यो संविधानको रक्षा र सार्थक कार्यान्वयनको जिम्मेवारी पनि हाम्रै काँधमा आएको बताए ।

दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उनले भने, ‘यो संविधान निर्माणमा स्व नेम्वाङले खेल्नुभएको भूमिका अतुलनीय छ ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभएका सुवास आफ्नो कर्मका कारण सुवास छर्नमा सफलता पाउनुभएको व्यक्ति हुनुहुन्थ्यो भने।

नेपाली कांग्रेसका नेतासमेत रहेका शाहले संविधानको मर्मलाई गाउँ बस्तीमा हामीले पुर्‍याउन सकेका छौँ/छैनौँ भन्नेमा सबैले गम्भीर हुने बेला आएको बताउँदै यसको पूर्णपालनातर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले संविधानसभाका अध्यक्ष नेम्वाङको निधनले नेपाली राजनीतिमा एकता, सहमति, मेलमिलाप र सहकार्य गर्न सक्ने नेता गुमाउनुपरेको बताए ।

एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवाहक अध्यक्ष लोकराज अवस्थीलगायतका वक्ताले संविधान निर्माणका बेला स्व नेम्वाङले खेलेका भूमिकाबारे चर्चा गरेका थिए ।