काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ।
संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्। द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क चल्नेछ।
द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुका लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ। उद्घाटनका दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन्।







