२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो-शिक्षकहरूले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न मिल्दैन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ ।

रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूका पेशागत विकासका मागहरूमा आफूहरुकोसमेत समर्थन रहेको भन्दै त्यस्ता मागहरू सरकारसमक्ष राख्ने नाउँमा विद्यार्थीहरूको पढ्न पाउने अधिकार कुण्ठित गर्नुको सट्टा वैकल्पिक विधिहरू अपनाउन सुझाएका हुन् ।

उनले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा रास्वपाले आफ्नो धारणा प्रष्टसँग राख्दै आएको र संसद्मा त्यसबारेको छलफलमा समेत आफ्नो धारणा र संशोधन प्रस्ताव राख्ने प्रतिबद्धता जनाएका छन् ।

‘नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरूको गुणस्तर उकास्नुपर्छ, ती विद्यालयहरूमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौँ र छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो, शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

रास्वपाले शिक्षकहरूप्रति सरकारले कहिल्यै उचित व्यवहार हुन नसकेको जनाएको छ ।

‘विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्दछ तर शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ सङ्गठनका रूपमा रहन नहुने हाम्रो नीति रहेको छ, ‘रास्वपाले भनेको छ, ‘शिक्षकहरूको पेशागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौँ, साथै शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौँ ।’