२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ : सुरेन्द्र पाण्डे

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन।

आज काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको तर अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताएका हुन् ।

उनले कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए। उनले शेयर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको बताए।

उनले सरकारका सबै निकायहरूले आउट अफ द बक्स भनेर सोच्नुपर्ने बताए। उनले अरु देशको नियम हेरेर नेपालमा लागू हुन नसक्ने बताए।उनले भारतमा बैंक कर्जा वृद्धि भए अनुसार रोजगारी वृद्धि भएको तर नेपालमा हरेक वर्ष भारतको भन्दा कर्जा बिस्तार भए पनि रोजगारी सिर्जना हुन नसकेको बताउनु भयो। उनले बैङ्कहरूको लगानीको कर्जा लगानी कहाँ गयो भन्दै प्रश्न गरे। उनले मुलुकको अर्थतन्त्र अर्थतन्त्रका इन्डिकेटर हेरेर मात्रै समाधान हुन नसक्ने बताए।

पूर्व अर्थमन्त्री पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने बताए। उनले सरकारले वर्तमान अर्थतन्त्र र व्यवसायीहरूका समस्या समाधान गर्नेतर्फ भन्दा पनि जिम्मेवारबाट पन्छिने काम गरिरहेको बताए।