काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख नापी अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले मातहत कार्यरत दुई दर्जन निर्देशक तथा प्रमुख नापी अधिकृतहरूको फेरबदल गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक रमेश ज्ञवालीलाई नापी कार्यालय ललितपुर, नापी कार्यालय सप्तरीको प्रमुख नापी अधिकृत शत्रुध्न प्रसाद यादवको नापी कार्यालय दमक, नापी कार्यालय डिल्ली बजारका प्रमुख नापी अधिकृत शिव प्रसाद लम्सालको नापी विभाग र नापी कार्यालय सुनसरीका प्रमुख नापी अधिकृत सञ्जीव कुमार साहलाई नापी विभागमा सरुवा गर्दै कामकाज गर्न भूमि आयोग पठाइएको छ ।
यसै गरी नापी कार्यालय विराटनगरका प्रमुख नापी अधिकृत सुदीप श्रेष्ठलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत राकेश कुमार झालाई नापी कार्यालय राजविराज, नापी विभाग काठमाडौँका प्रमुख नापी अधिकृत सुरेश जोशीको नापी कार्यालय कोहलपुर, नापी कार्यालय काभ्रेपलान्चोकका प्रमुख नापी अधिकृत राम विनय कुमार सिंहलाई नापी कार्यालय महोत्तरी, नापी कार्यालय कावासोतीका प्रमुख नापी अधिकृत खिम लाल गौतमलाई नापी विभाग र नापी कार्यालय धनुषाका सुमन किशोर मिश्रलाई नापी कार्यालय राजविराजको प्रमुख नापी अधिकृतमा सरुवा गरिएको छ ।
त्यस्तै नापी कार्यालय राजापुरका प्रमुख नापी अधिकृत किशन सिंह विष्टलाई नापी कार्यालय कञ्चनपुर, नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत गिरीश कुमार लाल कर्णलाई नापी कार्यालय विराटनगर र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक हरे राम यादलाई नापी कार्यालय इनरुवाको प्रमुख नापी अधिकृतमा सरुवा गरिएको विवरण प्रशासन ब्युरोलाई प्राप्त भएको छ ।
यसैगरी नापी विभागका प्रमुख नापी अधिकृत ज्ञानेन्द्र विष्ट नापी कार्यालय चाबहिलको प्रमुख नापी अधिकृत, नापी कार्यालय दाङका प्रमुख नापी अधिकृत केशव राज लेखक कलङ्की नापी कार्यालयको प्रमुख नापी अधिकृत, कलङ्कीका खिम राना मकवानपुर नापी कार्यालयको प्रमुख नापी अधिकृत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रमुख नापी अधिकृत नरबहादुर चन्द कास्कीको प्रमुख नापी अधिकृत, नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदी नापी कार्यालय कावासोती र नापी कार्यालय चाबहिलका प्रमुख नापी अधिकृत दयानन्द जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका रमेश ज्ञवालीलाई नापी कार्यालय ललितपुरको प्रमुख नापी अधिकृत र नेपालगन्ज नापी कार्यालयका प्रमुख नापी अधिकृत सहदेव सुवेदीको डिल्ली बजार नापी कार्यालयको प्रमुख नापी अधिकृतमा सरुवा गरिएको छ ।
यस्तै भक्तपुरका प्रमुख नापी अधिकृत राम कुमार सापकोटालाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा सरुवा गरिएको बताइएको छ । भक्तपुर नापी कार्यालयमा नापी विभागका प्रदीप सापकोटालाई पठाइएको छ ।
अहिलेको सरुवामा केही कर्मचारीको हकमा मापदण्ड मिचिएको भए पनि अन्यको हकमा भने ठिकै रहेको मन्त्रालय स्रोत बताउँछ । दुई वर्ष नपुगेको कर्मचारीलाई सकेसम्म नचलाउने र उपत्यकामा एक कार्यकाल बसिसकेको कर्मचारीलाई एक कार्यकाल बाहिर पठाउने भन्ने भए पनि भक्तपुर र ललितपुरको हकमा त्यो लागू नभएको र ज्ञानेन्द्र विष्टको हकमा भने उपत्यका बाहिर जानू पर्ने मापदण्ड लागू नभएको स्रोत बताउँछ ।
मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले मापदण्ड अनुसार नै सरुवा गर्नुपर्नेमा जोड दिएको बताइएको छ । मापदण्ड मिच्न नहुने भन्दै केही दिन सरुवा निर्णयमासमेत ढिलाइ भएको तर राजनीतिक प्रेसरका कारण एकाधमा त्यो लागू हुन नसकेको ती स्रोतको भनाई छ ।







