७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्टाफ कलेज कर्मचारीको क्षमता विकासको उत्कृष्ट केन्द्र : मन्त्री अनिता देवी

अ+ अ-

काठमाडौँ । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) कर्मचारीहरूको क्षमता विकासको उत्कृष्ट केन्द्रका रूपमा अगाडि बढिरहेको बताएकी छन् ।  

स्टाफ कलेजको ४१औँ स्थापना दिवसका अवसरमा आज आयोजित वार्षिकोत्सव समारोहमा उनले प्रतिष्ठानले पुर्‍याउने सेवाले कर्मचारीको क्षमताको वृत्ति विकासमा सहयोग पुर्‍याउने मात्रै नभई उनीहरूको कार्यगत सीप, सकारात्मक मनोविज्ञानका साथै सेवा प्रवाहमा जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी हुन् । 

“यस प्रतिष्ठान कर्मचारीहरूको क्षमता विकासको उत्कृष्ट केन्द्रका रूपमा अगाडि बढिरहेको सर्वविदितै छ । सरकारी कार्यालयले जनतामा पुर्‍याउने सेवामा प्रभावकारिता ल्याउनु नै हामी सबैको साझा दायित्व र उद्देश्य हो । यसका लागि प्रतिष्ठानलाई प्रभावकारिताका साथसाथै सिक्ने र सिकाउने कार्यमा सफलता मिलोस्, प्रतिष्ठानले अझै नयाँ सीपमूलक र क्षमता बढाउने कार्यक्रम गरोस्, सरकारलाई नीति-निर्माणमा सहयोग पुर्‍याउने गरी दक्ष कर्मचारी तयार गर्न प्रतिष्ठान सफल होस्”, मन्त्री अनिता देवीले भनिन्। 

उनले कर्मचारी सेवामा नयाँ पुस्ताको प्रवेशले कर्मचारीप्रति राम्रो धारणाको विकास हुनेछ भन्दै योग्य र क्षमतावान् व्यक्तिका लागि पदभन्दा काम प्यारो हुने बताइन् । 

मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले प्रशासनिक क्षेत्रमा क्षमता विकास गराउनुपर्नेको सङ्ख्या धेरै भएको धारणा राखेका छन् । “देशको माग र सरकारको आवश्यकताअनुसार तालिम कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानले अझै धेरै प्रयास गर्नुपर्ने आवश्यकता छ । पर्याप्त जनशक्तिलाई तालिम प्रदान गर्न अझै कमी भएको छ । सेवाअवधि  प्रवेशका साथसाथै सेवाकालीन समयमा पनि सबै कर्मचारीका लागि तालिमको व्यवस्था गरिनुपर्छ”, सचिव सिंहले भने ।

सचिव सिंहले क्षमता विकास, अनुसन्धान र परामर्शको काममा स्टाफ कलेज उत्कृष्ट भए पनि जनशक्तिको क्षमता विकासका लागि तालिम गर्न लगानी नपुगेको धारणा राखे। उनले कलेजलाई नयाँ कुरामा पनि ध्यान दिन आग्रह गरे । 

कलेजका संस्थापक कार्यकारी निर्देशक गोरक्षबहादुर न्हुच्छे प्रधानले संस्थाको उच्च गरिमा कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस