७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्थायी करार ज्यालादारी कर्मचारीलाई उमेर हद नलगाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्न माग

अ+ अ-

काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले अस्थायी करार ज्यालादारी कर्मचारीहरूलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्नुपर्ने माग गरेको छ । संघले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई ध्यानाकर्षण गराउँदै स्थायी हुन नसकेकाको लागि उपदानको व्यवस्था गर्न भनेको छ । 

संघका अध्यक्ष काशीराज श्रेष्ठ र महासचिव यदुनाथ न्यौपाने द्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ‘वि.स. २०५६÷०५७ सालदेखि लोकसेवा आयोगबाट श्रेणि विहीन पदमा स्थायी पदपूर्ति नभएको एवम् विभिन्न पदमा काम गरिरहेका अस्थायी करार ज्यालादारी कर्मचारीहरूलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्नुपर्ने । स्थायी हुन नसकेकाको लागि उपदानको व्यवस्था गरियोस् ।’ सर्वोच्च अदालतबाट २०७० माघ ९ मा अस्थायी करार ज्यालादारी कर्मचारीहरूले राज्यलाई सेवा गरे बापत कुनै न कुनै रूपमा क्षतिपूर्ति स्वरूप उपदानको व्यवस्था गर्न उचित हुने निर्देशनात्मक आदेश दिएको स्मरण गराउँदै संघले २०७४ वैशाख २१ को मन्त्रिपरिषदको निर्णयमा सेवा सुविधा सम्बन्धमा कानुन बनाई सम्बोधन गरिनेछ भनेकोमा पटक पटक ज्ञापन पत्र र ध्यानाकर्षण पत्र पेस गर्दा पनि आफ्ना मुद्दालाई सम्बोधन नगरेको जनाएको छ ।

ध्यानाकर्षण पत्रमा अस्थायी करार ज्यालादारी कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था संघीय निजामती सेवा ऐनमा स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरिएको छ । यसैगरी सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सम्पूर्ण अस्थायी करार ज्यालादारी कर्मचारीहरूलाई तत्काल समावेश गर्न पनि संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस