काठमाडौँ । प्री-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
आज नेप्से परिसूचक ०.३७ अंकले घटेर १९०८.२८ विन्दुमा पुगेको छ ।
यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले बढेको छ। प्री-ओपन सेसनमा १० स्टकको २२० कित्ता सेयर १ लाख ५ हजार ४५१ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका स्टकमध्ये ३ को मूल्य बढ्दा ६ को मूल्य घट्यो भने बाँकी १ स्टकको मूल्य स्थिर रहेको छ ।







