२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि नीति मन्त्री, नेता र कार्यकर्ता मात्र पोस्न बनाइए : पूर्वमन्त्री बलायर

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री वीरबहादुर बलायरले नेपालमा कृषिसम्बन्धी नीतिहरू किसानका लागि नभएर सीमित स्वार्थ समूहका लागि बन्ने गरेको दाबी गरेका छन् ।

उनले कृषि उत्पादन बढाउन र किसानलाई सुविधा दिन सरकारले नीति बनाएको भन्ने गरे पनि व्यवहारमा त्यसको लाभ समिति व्यक्तिले मात्रै लिइरहेको दाबी गरे । बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले भने, ‘कृषिमा उत्पादनका आधारमा जमिनको निर्धारण गरिन्छ । तर ती सबै पहुँचका आधारमा भएका छन् । म मन्त्री बनेँ भने मैले आफूले के चाहेँ, मेरो पार्टीका कार्यकर्ताले के चाहे त्यहीअनुसार सुपरजोन भनिदियो । त्यहाँ उत्पादनको केही वास्ता छैन । डोटीमा नार्कको सिफारिसमा धानको नयाँ बाली लगाइयो । मंसिर पुससम्म पनि धान लाग्दैन खाली घाँस मात्रै छ । किसानले क्षतिपूर्ति नै पाएनन् ।’

उनले वैज्ञानिक अध्ययन बिना नै पहुँचका आधारमा सरकारले कृषिसम्बन्धी नीति बनाउँदा कृषक लाभान्वित हुन नसकेको बताए । ‘हामीले उत्पादनतर्फ ध्यान दिएकै छैनौँ । खाली नीतिगत कुरा गरेर बसेका छौँ । किसानसम्म सरकारी कामको परिणाम पुग्दैपुगेन । केन्द्रमै हरायो । टीकापुरको केरामा हामी सफल भएका छौँ । जुम्लाको स्याउ, मुस्ताङको स्याउलाई खै बजारीकरण रु स्टिकर लगाएको विदेशी स्याउ नै खोज्ने बानी छ । यसका लागि सरकारले जागरण ल्याउनसक्नुपर्छ’, उनले भने, ‘कुन क्षेत्रमा कुन बालीको उत्पादन हुन्छ, त्यसमा सरकारले काम गर्नुपर्छ । अनुसन्धानको कुनै कमी छैन । नीति नियम र कानुनको कमी छैन तर हाम्रो काम गराई र व्यवहारमा सुधार नभएसम्म किसानका समस्या यस्तै नै हुन्छन् ।’

पूर्वमन्त्री बलायरले किसानलाई सरकारले उपयुक्त सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए ।