काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सरकारले पुँजीगत खर्च गर्न नसक्दा आर्थिक क्रियाकलापहरू विस्तार हुन नसकेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा मुख्य सचिव अर्यालले आन्तरिक रूपमा आर्थिक क्रियाकलापहरू कम भएकाले राजस्वमा पनि चाप पर्न थालेको बताएका हुन् ।
पछिल्लो समय खर्च गर्ने स्रोत नहुँदा कसरी खर्च गर्नु भन्ने प्रश्नहरू आउने गरेको भन्दै उनले भने, ‘यो चक्रलाई सरकारले तोड्नुपर्ने जरुरी छ ।’
ऋण व्यवस्थापनमा सरकारले आन्तरिक र बाह्य दुवैतिरबाट ऋण लिने गरेको उनले बताएका छन् ।
सरकारको पुँजीगत खर्च गर्ने परम्परा र प्रक्रियाहरूलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको मुख्य सचिव डा.अर्यालले जानकारी दिए ।







