१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

अ+ अ-

झापा । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ ।

‘सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत’ प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय सम्बद्ध संस्थासमेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुनिल दाहालले बताए।

उनका अनुसार झापाको बिर्तामोड दमक, काँकडभिट्टा, भद्रपुर, बुद्धशान्ति, बुधबारे, ताप्लेजुङको तोक्मेडाँडा, पाँचथरको फिदिम बसपार्क, धनकुटा बसपार्क, हिले, भेडेटार, उदयपुरको बरुवा बसपार्क, तेह्रथुमको गुराँस चोक, म्याङलुङ बसपार्क, सुनसरीको शिवचोक, ईटहरी बसपार्क, सोलुखुम्बुको आँवाडाँडा, जोर बौद्ध, पतालेमा, इलामको फिक्कल, इलाम बसपार्क, बिब्ल्याटेलगायतक स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ ।

यसैगरी, मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रङ्गेली, भोजपुरको देउराली, घोरेटार, अरुण जरायोटार, दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण, रमाइलोडाँडा, सखुङ्वासभाको खाँदवारीमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको उनले बताए ।

यात्राका क्रममा यात्रुलाई कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीको हटलाईन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्नसमेत उनले विज्ञप्ति जारी गरी आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस