२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु

अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।

बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।

नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीय श्रमदानमा जुटेका छन् भने प्रवासीले आर्थिक सहयोग गर्न थालेका छन् ।

निर्माण सुरु भएको १० दिन भएको भन्दै श्रमदान र आर्थिक सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको नेकपा माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए । “हामीले जीर्ण पदमार्गलाई पुनः निर्माण गर्न अग्रसरता लिएका हौँ । श्रमदानमा सबै जोडिएका छन् । अहिले यो सबैको साझा अभियान बनेको छ”, उनले भने, “देश विदेशमा रहनुभएकाहरुले पनि सहयोग गरिरहनुभएको छ ।”

भिरालो पाखो, पहिरो र वनको झाडी रहेकाले पदमार्गलाई दिगो बनाउन ढलान गरिएको कटुवालले बताए । उनका अनुसार माओवादी केन्द्रका नेता कार्यकर्ताका साथै स्थानीयवासी श्रमदानमा जुटेका छन् ।

ढलानका लागि आवश्यक पर्ने, सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेशका साथै विदेशमा रहेको भगवतीवासीले खार्थिक सहयोग गरिरहेका कटुवालले जानकारी दिए ।

यस पदमार्गको कुनौटादेखि च्युरीबास खण्ड अत्यन्तै जोखिमयुक्त थियो । कुनौटास्थित कालीगण्डकी नदी किनारमा रहेको घाटमा जानका लागि स्थानीय यही पदमार्गमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

गाउँमा दिवङ्गत भएकाको अन्तिम संस्कारका लागि घाट जाने मुख्य बाटो जोखिमपूर्ण बनेपछि श्रमदानमार्फत पदमार्ग बनाउन थालिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताए । उनका अनुसार यस अभियानमा जोडिनेको सङ्ख्या बढ्दै गएको छ ।

“बेनी-जोमसोम सडकखण्ड पुग्न तथा जङ्गलबाट घाँसदाउरा ल्याउनका लागि यही पदमार्गको प्रयोग गरिन्छ”, केसीले भने, “विभिन्न सहयोगदाताले आफ्नो आफन्तको स्मृतिमा यो पदमार्ग बनाउने अभियानमा सहयोग गरिरहनुभएको छ । ”