२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरी कार्य दक्षतामा अब्बल : मुख्यमन्त्री चौधरी

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताएका छन् ।

नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी कानुन पालना गराउने, आपराधिक घटनाको अनुसन्धान गरेर कानुन कार्यान्वयन गराउने कार्यमा अब्बल रहेको बताए । उनले नेपाल प्रहरीले सीमित साधन स्रोतका बाबजुद पनि आफ्नो कुशलताले उत्कृष्ट काम गरेर देश–विदेशमा पनि आफ्नो व्यावसायिकतालाई कायम राख्न काम र कुशलता देखाएको बताए ।
कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रहरीको कार्य दक्षताका हिसाबले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नेपाल प्रहरीले जनताको सेवा र राष्ट्रले सुम्पेको जिम्मेवारी बिचलित नभई पूरा गरेको बताए । उनले समाजका हरेक तह वर्ग, सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वय र सहयोगमा समाजमा शान्ति सुरक्षा कायम गर्न कर्तव्य पथमा दृढ भई नागरिकका नैसर्गिक अधिकार कायम राख्न निर्देशनसमेत दिए ।

कार्यक्रममा नेपाल प्रहरीको कर्तव्य पालनाका सिलसिलामा विभिन्न घटनामा वीरगति प्राप्त गरेका सहिदका परिवारलाई सम्मान गरिएको थियो ।