काठमाडौँ । अज्ञात बन्दुकधारीको गोली लागेर अमेरिकाको ल्युस्टन सहरमा १६ जनाको मृत्यु भएको छ ।
उक्त घटनामा अन्य ५० जना भने घाइते भएका छन्।
बीबीसीलका अनुसार बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि हालसम्म फेला पार्न नसकेको जनाएको छ।
बन्दुकधारी सडकमा हिँडिरहेको हुनसक्ने भएकाले प्रहरीले सबैलाई घरभित्रै सुरक्षित रहन समेत अनुरोध गरेको छ।