काठमाडौँ । विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ। सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो।
ओमानले पनि निर्धारित ओभरमा १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो।
सुपरओभरमा ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १ विकेट गुमाएर १० रन मात्रै बनाउन सक्यो ।