२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनए बैठकमै भूकम्प प्रभावितका लागि उठ्यो १ करोड बढी सहयोग

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को बैठकमै जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको लागि एक करोड रुपैयाँभन्दा बढी सहयोग जुटेको छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेका बैठकमा एनआरएनएका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । डा. घले प्रमुख अतिथि रहेको बैठकमा कुँवरले पनि १० लाख रुपैयाँ सहयोगको घोषणा गरे ।

विश्वका विभिन्न देशमा रहेका ३६ जनाले सहयोगको प्रतिबद्धता जनाएका छन् । बैठकले डा. घलेको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ ।

आपत्कालिक अवस्थामा सहयोग गर्न ‘ग्लोबल एनआरएनए फाउन्डेसन’ को खातामा रकम जम्मा गर्न सबै गैरआवासीय नेपालीलाई आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ । सङ्घको प्रभु बैंक टंगाल शाखामा रहेको ग्लोबल एनआरएनए फाउन्डेसनको खाता नं. १३६०१५३३०६५०००१४ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

पहिलो चरणमा सहयोग गर्नेहरुः

१.एमआईटी फाउन्डेसन (शेष घले) ः ५० लाख
२.अध्यक्ष विनोद कुँवर १० लाख १ हजार एक सय
३. बिआर लामा एक लाख
४. भोमा लिम्बु १ लाख
५. उमेश पुडासैनी ५० हजार
६. थर्क सेन १ लाख ५ हजार
७. जानकी गुरुङ १ लाख
८. कृष्ण सञ्जेल केसी १ लाख
९. धर्मराज खतिवडा ५१ हजार
१०. शशीचन्द्र अधिकारी १ लाख
११.इर्हम अमेद १ लाख १ हजार
१२. जुनु गुरुङ १ लाख
१३. पासाङ शेर्पा १ लाख
१४. पूर्ण देउराली ५१ हजार
१६. प्रकाश धमाला ५१ हजार
१७. केशव कडेँल ५१ हजार
१८. कुशल केसी १ लाख
१९. दीपा राई ८५ हजार
२०. लक्ष्मी गुरुङ ५० हजार
२१. एनसीसी बेल्जियम ५० हजार, पहल जारी
२२. एनसीसी कुवेत ५० हजार
२३. एनआरएनए यूके ५ लाख
२४. श्याम तामाङ १ लाख
२५. एसी शेर्पा ५ लाख
२६. एनसीसी अमेरिका ५ लाख
२७. एनसीसी कतार १ लाख
२८. राजबहादुर शाही १ लाख
२९. रामजी लामिछाने १३ हजार
३०. धर्म केसी २५ हजार ५ सय ६३
३१. आरसी सापकोटा ४३ हजार
३२. डिल्लीराज ढुङ्गाना ५० हजार
३३. गिरीराज पाण्डे १३ हजार
३४. भक्त भण्डारी ५ लाख
३५. कृष्ण शेर्पा १ लाख
३६. कृष्ण पोखरेल १ लाख
सङ्घको ग्लोबन फाउण्डेन र एमआईटी फाण्डेसनको पहलमा विभिन्न देशमा रहेका एनसीसी र व्यक्तिगत रूपमा पनि सहयोग अभियान जारी रहेको छ । सङ्घका अध्यक्ष कुँवरले यसअघि पनि भूकम्प पीडितले प्रत्यक्ष सहयोग महसुस हुने गरी सहयोग प्रदान गर्ने बताउँदै विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई सहयोगको लागि अपिल गरेका थिए ।