२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काग धेरै मरे, संख्या घट्दै गयो : रमेश दुलाल ‘कागे’

अ+ अ-

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रूपमा शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौँको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । आज काग तिहारको अवसर पारेर आयोजित २० औँ काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको संख्या घट्दै गएको बताएका छन् ।

उनले भने, ‘कागको संख्या पहिले जस्तो धेरै छैन । पहिला चार हजारसम्म कागै काग हुन्थे, यसपालि कागको संख्या खासै छैन । पहिलेको तुलनामा धेरै घटेको छ । धेरै काग मरेछन्, पहिलेजस्तो ठूलो संख्यामा काग जम्मा हुँदैनन् ।’

त्यस्तै उनले कागले शुभ अशुभ खबर ल्याउने तथा आफैँलाई आपत् पर्दा निकाल्ने स्वर फरक हुने बताए । आज उनले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा २०औँ काग सम्मेलन सम्पन्न गरेका छन् । दुलालले विगत २० वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।